उपत्यकामा बुधबार रातीबाट एक साता निषेधाज्ञा जारी गर्ने निर्णय - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

उपत्यकामा बुधबार रातीबाट एक साता निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौं, २ भदौ : उपत्यकामा कोरोना संक्रमण बढ्दै गए पछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले आवश्यकता विचार गरी बुधबार राती १२ बजेबाट एक साताका लागि संयुक्त रुपमा निषेधाज्ञा जारी गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

जिल्लामा निषेध आदेश वा अन्य कुनै कडा कदम चाल्ने बारे तीनवटैजिल्लाका सुरक्षा अधिकारबीच छलफल भएको थियो । साे अवधिमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।

मंगलबारमात्रै राजधानीमा २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.