वि.सं. २०७७ भदौ ३। बुधवार। इ.स. २०२० अगस्ट १९। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। औंसी, ०८:०९ उप्रान्त प्रतिपदा।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला। अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।

No comments:
Post a Comment