काठमाडाैँ, १९ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।
छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ पनि सहभागी हुनुहुन्थ्याे । साउन १३ गते नेकपा स्थायी समितिको बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नु भएपछि अर्का अध्यक्ष प्रचण्डले बालुवाटारमै केही स्थायी समितिका सदस्यहरुको भेला गर्नुभए यता दुई अध्यक्षबीच हिजो आइतबार छलफल भएकाे थियाे।
असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा नयाँ विवाद सुरु भएको हो ।दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ । ।

No comments:
Post a Comment