लिदी पहिरामा बेपत्तामध्ये २३ कोे शव भेटियो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

लिदी पहिरामा बेपत्तामध्ये २३ कोे शव भेटियो

सिन्धुपाल्चोक, २ भदौ : गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप एकको कोे शव भेटिएको छ । यस अघि २२ जनाको शव भेटिएकोमा १६ अझै बेपत्ता छन । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज ७२ बर्ष कि महिला शिर माइ दोङ्गको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यो संगै पहिरामा ज्यान गुमाउने २३ पुगेका छन् ।

शव फेला परिएको मध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन् । त्यसमध्ये १२ जना बालबालिका मात्रै रहेका छन ।

पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.