नेपालको झण्डा जलाएर भिडिओ बनाउने एक जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 18 August 2020

नेपालको झण्डा जलाएर भिडिओ बनाउने एक जना पक्राउ

काठमाडाैँ, २ भदौ : राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने एक जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौँबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

नेपाल प्रहरीले गायक र भिडिओमा अभिनय गर्नेको खोजी तीव्र पारिएको जनाएको छ । मङ्गलबार बिहानै जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीका अन्य निकायलाई पनि गायक र भिडिओमा देखिएका अन्यको खोजीको लागि सर्कुलर भइसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिनुभयो ।

मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गरिएको छ । भिडिओमा नेपालको झण्डामा आगो लगाएको देखिन्छ । भिडिओ श्री विष्णु आधारभूत विद्यालय, वाग्मती गाउँपालिका वडा नम्बर तीन सल्लेनीमा छायाँकन भएको देखिएको छ । 

देशको झण्डा जलाएको र समुदायलाई भड्काउने हिसाबले आएको भिडिओ युट्युबबाट हटाएर गायकलाई कारबाहीको माग उठेको छ । सामाजिक सञ्जालमा भिडिओको सर्वत्र विरोध भइरहेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गर्नुभएको छ । 

सोमबार एक युट्युव च्यानल मार्फत 'देशद्रोही' नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियाे छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.