दुई हप्ता लकडाउन गर्न सरकारलाई विज्ञहरूको सुझाव - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

दुई हप्ता लकडाउन गर्न सरकारलाई विज्ञहरूको सुझाव

काठमाडौँ, २० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गर्नुभएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलएर ओलीले विज्ञहरुसँग परामर्श गर्नुभएकाे हाे ।

छलफलमा सहभागी एक विज्ञले बताएअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिनुभएकाे छ । उहाँहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक देखिनुभएकाे विज्ञले जानकारी दिनुभयाे ।

परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी हुनुभएकाे थियाे । छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गर्नुभएकाे छ । उहाँले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिनुभएकाे हाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.