वि.सं. २०७७ भदौ १। सोमवार। इ.स. २०२० अगस्ट १७। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। त्रयोदशी, १०:३१ उप्रान्त चतुर्दशी।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सजग रहनुहोला।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। दौडधुप गर्दा पनि परिस्थितिवश काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। हुलमुलमा धनमाल गुम्न सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। परिबन्धले काममा बाधा पुर्याउला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ।

No comments:
Post a Comment