पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ फेरि बढ्याे - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ फेरि बढ्याे

काठमाडाैँ, ३२ साउन : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय पाँच रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१/९१ रुपैयाँ कायम गरिएको उपाध्यायले जानकारी दिनुभयो ।

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य बढाएको उहाँले बताउनुभयो । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.