शनिदेवको व्रत कसरी सुरु गर्ने? यी हुन् शनिदेव प्रसन्न बनाउने १०८ नामको जप - pharaksandesh.com

मुख्य समाचार


Saturday, 15 August 2020

शनिदेवको व्रत कसरी सुरु गर्ने? यी हुन् शनिदेव प्रसन्न बनाउने १०८ नामको जप


तपाई जुनसुकै शनिवारबाट शनि व्रत सुरु गर्न सक्नुहुन्छ। तपाइको त्यो दिन शनिको पुजा र आराधनामा बित्नुपर्छ। यो दिन सुर्य उदाउनु भन्दा पहिले उठेर नुहाएर शनि देवको मन्दिरमा गएर बिधि पुर्बक पुजा र आराधना गर्नुपर्छ। शनिवारको दिन शनि देबको मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्छ।
शनिको कृपाको लागि शनिवारको दिन यी कामहरु गर्नुस्:
१. शनिदेवको नाममा सर्स्युको तेलको दियो बाल्नुस !
२. पुजा सकिएपछि शनिदेवसंग आफुले जानेर या नजानेर गरेको पापको क्षमा माग्नुस !
३. शनिदेवको पुजा पश्चात राहु र केतुको पनि पुजा गर्नुपर्छ !
४. शनिवारको दिन शनिदेवलाई समर्पित ब्रत गर्नुस् !
५. त्यो दिन पिपलको रुखमा जल छर्केर धागो बाँधेर सात चोटी परिक्रमा गर्नुस् !
६. हुनसक्छ भने यो दिन कालो कपडा नै लगाउनुस किनकि कालो रङ्गले शनि देबलाई प्रसन्न गर्छ !
७. कालो कुकुर र कागलाई रोटी र लालमोन खुवाउनुस यस्तो गर्नु फलदायी हुन्छ !
८. गरिबहरुलाई दान गर्नुपनि शनि कृपाको एउटा बाटो हो, त्यसैले शनिवार राम्रोसँग दान गर्नुस् !!
९. तपाई पनि कुनै शनि देबको मन्दिरमा गएर कालो तिल, सर्स्युको तेल, निलो लजावन्तिको फुल चढाउनुस !
यस प्रकारले भक्ति र श्रद्धापूर्बक शनिवारको दिन शनिदेबको पुजा गर्नाले शनिदेबको कृपा सदैब रहने छ। साथमा राहु र केतुको पनि दशा सुध्रिन्छ। यदि शनि तपाइको साथी बन्यो भने दुखको तपाइको जीवनमा कुनै ठाउँ रहदैन।


शनिदेवको यी १०८ नामको जप गर्नाले टाढा हुन्छ साँढे सातको प्रभाब !

श्री शनिदेवको १०८ नामको जप गर्नाले शनिदेव प्रसन्न हुन्छन्। शनिदेवलाई प्रसन्न गर्नाले शनि प्रकोपमा राहत हुन्छ। साँढे सातको प्रभाबलाई कम गर्छ। जसको कारण शनि ग्रहको अशुभ स्थितिको कारणले हुने दुख कम हुन्छ।


शनिदेवको १०८ नाम यस्ता छन् :

ऊँ शनैश्चराय नमः। ऊँ शान्ताय नमः। ऊँ सर्वाभीष्टप्रदायिने नमः। ऊँ शरण्याय नमः।
ऊँ वरेण्याय नमः। ऊँ सर्वेशाय नमः। ऊँ सौम्याय नमः। ऊँ सुरवन्द्याय नमः।
ऊँ सुरलोकविहारिणे नमः। ऊँ सुखासनोपविष्टाय नमः। ऊँ सुन्दराय नमः।

ऊँ घनाय नमः। ऊँ घनरूपाय नमः। ऊँ घनाभरणधारिणे नमः।
ऊँ घनसारविलेपाय नमः । ऊँ खद्योताय नमः । ऊँ मन्दाय नमः ।
ऊँ मन्दचेष्टाय नमः। ऊँ महनीयगुणात्मने नमः। ऊँ मर्त्यपावनपदाय नमः।

ऊँ महेशाय नमः। ऊँ छायापुत्राय नमः। ऊँ शर्वाय नमः। ऊँ शततूणीरधारिणे नमः।
ऊँ चरस्थिरस्वभा वाय नमः। ऊँ अचञ्चलाय नमः। ऊँ नीलवर्णाय नमः ।
ऊँ नित्याय नमः । ऊँ नीलाञ्जननिभाय नमः । ऊँ नीलाम्बरविभूशणाय नमः ।

ऊँ निश्चलाय नमः । ऊँ वेद्याय नमः । ऊँ विधिरूपाय नमः ।
ऊँ विरोधाधारभूमये नमः । ऊँ भेदास्पदस्वभावाय नमः । ऊँ वज्रदेहाय नमः ।
ऊँ वैराग्यदाय नमः । ऊँ वीराय नमः । ऊँ वीतरोगभयाय नमः ।

ऊँ विपत्परम्परेशाय नमः । ऊँ विश्ववन्द्याय नमः । ऊँ गृध्नवाहाय नमः।
ऊँ गूढाय नमः । ऊँ कूर्माङ्गाय नमः ।ऊँ कुरूपिणे नमः ।ऊँ कुत्सिताय नमः ।
ऊँ गुणाढ्याय नमः । ऊँ गोचराय नमः ।ऊँ अविद्यामूलनाशाय नमः । ऊँ विद्याविद्यास्वरूपिणे नमः ।

ऊँ आयुष्यकारणाय नमः ।ऊँ आपदुद्धर्त्रे नमः ।ऊँ विष्णुभक्ताय नमः ।
ऊँ वशिने नमः । ऊँ विविधागमवेदिने नमः ।
ऊँ विधिस्तुत्याय नमः ।
ऊँ वन्द्याय नमः । ऊँ विरूपाक्षाय नमः । ऊँ वरिष्ठाय नमः ।

ऊँ गरिष्ठाय नमः । ऊँ वज्राङ्कुशधराय नमः । ऊँ वरदाभयहस्ताय नमः ।
ऊँ वामनाय नमः। ऊँ ज्येष्ठापत्नीसमेताय नमः । ऊँ श्रेष्ठाय नमः । ऊँ मितभाषिणे नमः ।
ऊँ कष्टौघनाशकर्त्रे नमः। ऊँ पुष्टिदाय नमः । ऊँ स्तुत्याय नमः । ऊँ स्तोत्रगम्याय नमः ।

ऊँ भक्तिवश्याय नमः । ऊँ भानवे नमः । ऊँ भानुपुत्राय नमः ।
ऊँ भव्याय नमः ।
ऊँ पावनाय नमः । ऊँ धनुर्मण्डलसंस्थाय नमः । ऊँ धनदाय नमः । ऊँ धनुष्मते नमः ।

ऊँ तनुप्रकाशदेहाय नमः । ऊँ तामसाय नमः । ऊँ अशेषजनवन्द्याय नमः ।
ऊँ विशेशफलदायिने नमः । ऊँ वशीकृतजनेशाय नमः । ऊँ पशूनां पतये नमः ।
ऊँ खेचराय नमः । ऊँ खगेशाय नमः । ऊँ घननीलाम्बराय नमः ।

ऊँ काठिन्यमानसाय नमः । ऊँ आर्यगणस्तुत्याय नमः । ऊँ नीलच्छत्राय नमः ।
ऊँ नित्याय नमः । ऊँ निर्गुणाय नमः । ऊँ गुणात्मने नमः । ऊँ निरामयाय नमः ।
ऊँ निन्द्याय नमः । ऊँ वन्दनीयाय नमः । ऊँ धीराय नमः ।ऊँ दिव्यदेहाय नमः ।

ऊँ दीनार्तिहरणाय नमः ।ऊँ दैन्यनाशकराय नमः। ऊँ आर्यजनगण्याय नमः।
ऊँ क्रूराय नमः। ऊँ क्रूरचेष्टाय नमः ।ऊँ कामक्रोधकराय नमः।

ऊँ कलत्रपुत्रशत्रुत्वकारणाय नमः। ऊँ परिपोषितभक्ताय नमः ।
ऊँ परभीतिहराय नमः।
ऊँ भक्तसंघमनोऽभीष्टफलदाय नमः। – एजेन्सी


याे पनि पढ्नुहाेस् :
कसरी लिने सन्तोषी माताको व्रत ? यस्तो छ बिधि

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.