वि.सं. २०७७ साउन ३१। शनिवार। इ.स. २०२० अगस्ट १५। ने.सं. ११४० गुँलागा। भाद्र कृष्णपक्ष। एकादशी, ११:०१ उप्रान्त द्वादशी।
आजको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्ती गर्दा समस्या आउन सक्छ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ।

No comments:
Post a Comment