सभापति देउवाद्वारा एकलौटी रुपमा दस विभागमा मनोनयन - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

सभापति देउवाद्वारा एकलौटी रुपमा दस विभागमा मनोनयन

काठमाडौँ, २६ साउन : कांग्रेस सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएकाे छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गर्नुभएकाे हाे ।

महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाउनुभएकाे हाे । पार्टीको विधानअनुसार केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था भए पनि उहाँले हाल महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विभाग गठन गर्न थाल्नुभएकाे छ । उहाँले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थप्नुभएकाे छ । 

देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरी अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसक्नुभएकाे छ । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गर्नुभएकाे छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.