पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, २६ साउन : आइतबार राती अबेर आएको पिसिआर परीक्षण रिर्पोट अनुसार पर्सा जिल्लामा स्वास्थ्यकर्मी र प्रहरी सहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ जना स्वास्थ्यकर्मी र ४ जना नेपाल प्रहरी सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार आईतबार राती अबेर आएको पिसिआर परिक्षणको रिर्पोटमा ४ जना स्वास्थ्यकर्मी र ४ जना नेपाल प्रहरी सहित २२ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा नारायणी अस्पतालकी १ जना नर्स , पर्साको पोखरीया अस्पतालका १ जना चिकित्सक, १ जना नर्स, १ जना अहेब गरी ४ जना स्वास्थ्यकर्मी रहेका छन् भने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताउनुभयो ।

त्यस्तैगरी अन्य फेला परेका नयाँ संक्रमितहरुमा म्यानस फर्मा उद्योगका ३ जना कर्मचारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का ४ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर २, ८, १५ र १६ का १/१ जनामा रहेका छन् । पछिल्लो पटक २२ जनामा संक्रमण देखिएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४८ पुगेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.