सुरुङ्गा, २१ साउन : सञ्चारकर्मी एवम् गीतकार सुष्मा देवकोटाको शब्द रचना रहेकाे नयाँ तीज गीत "भेल्बेटको चोली" सार्वजनिक भएको छ। देवकोटाको यस गीतकाे भिडियो राेयल इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हाे ।
यस गीतमा गायिका अञ्जु श्रेष्ठको स्वर, राज सागरको सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेकाे छ ।
दिपमाला महर्जनको कोरियोग्राफी तथा दिपी कुमार महर्जन, सम्राट महर्जन र गणेश भण्डारीको सिनेम्याटोग्राफी रहेको छ ।
यस भिडियोमा गायिका श्रेष्ठसहित अन्य कलाकारको अभिनय रहेकाे छ ।
सञ्चारकर्मी देवकोटाको गत वर्ष रंगियाे तीजले बाेलकाे गीत सार्वजनिक भएकाे थियाे ।
No comments:
Post a Comment