देशव्यापी पूर्ण लकडाउनकाे योजना छैन : मन्त्री खतिवडा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 6 August 2020

देशव्यापी पूर्ण लकडाउनकाे योजना छैन : मन्त्री खतिवडा

काठमाडाैँ, २२ साउन : सरकारले अहिले नै देशव्यापी रुपमा पूर्ण लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । 

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताउनुभयो । 

मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन भनेर जसरी गएका थियौँ, त्यो विधिबाट जानेतर्फ अहिले सरकारले सोचेको छैन । आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन त गरिएकै छ । 

लकडाउन भइहाल्ने हाे कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताउनुभयाे ।

उहाँले पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन आग्रह गर्नुभयो । साथै उहाँले आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ध्यान पुर्‍याउन अपिल गर्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.