वीरगञ्ज, २२ साउन : वीरगञ्जको बिहीबार विहान मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले शंकास्पद कोरोना रोगीको रुपमा अस्पतालमा उपचारकाक्रममा विहीबार बिहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि गर्नुभयो ।
वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६ वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको हो । बिहीबार साँझ आएको पिसिआर रिर्पोटमा कोरोना पोजेटिभ देखिएको गण्डक अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. सिंहले बताउनुभयो । मधुमेह र मुटुरोगी ती पुरुषमा श्वास प्रश्वासमा समस्या आएपछि साउन २० गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा शंकास्पद कोरोना रोगीका रुपमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।
पिसीआर परीक्षणका लागि मंगलबार नै स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ मरणोप्रान्त कोरोना पोजेटिभ रिर्पोट आएको हो ।
पर्सामा मृत्यु हुने सङ्क्रमितको संख्या १८ पुग्यो भने साउन महिनाका २२ दिनमा मात्र १५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

No comments:
Post a Comment