२४ घण्टामा ८३८ संक्रमित बढे, उपत्यकामा मात्रै १८२ जना - pharaksandesh.com

मुख्य समाचार


Friday, 21 August 2020

२४ घण्टामा ८३८ संक्रमित बढे, उपत्यकामा मात्रै १८२ जना

काठमाडौं, ५ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ८३८ संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा १३५७९ को पीसीआर परीक्षण गर्दा ८३८ संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा २१४ डिस्चार्ज भएका छन् । हालसम्म १८२१४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४८३ पुगेको छ ।

काठमाडौं उपत्यकामा २०८ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १४२ ललितपुरमा २५ र भक्तपुरमा १५ जना छन् ।

पछिल्लो २४ घण्टामा २ सय ५० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार २ सय १४ पुगेको छ । यस्तै सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिइएको हो । आज, कोरोना भाइरसको संक्रमणबाट  एक महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको प्रवक्ता गौतमले वताउनुभयो । हाल एक सय ३३ जना आइसियु र १५ जना भेण्टिलेटरमा उपाचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

अहिले १२ हजार १ सय ३२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा  र १२ हजार २ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् ।  यसैवीच प्रवक्ता गौतमले कोरोना परीक्षण तथा उपचारको खर्च अत्यन्तै खर्चिलो भएको हुँदा स्वास्थ्य सावधानी अपनाएर सुरक्षित रहन अग्रह गर्नुभएको छ । उहाँले दिनुभएको जानकारी अनुसार १ व्यक्तिको कोरोना परीक्षण र उपचारको लागि करीब १ लाख ४ हजार लाग्ने गरेको छ । उहाँले हालसम्मको परीक्षण खर्च सार्वजनिक गर्दै रोग लाग्नबाट बच्ने उपाय अपनाउन र निशेषज्ञा अवधिमा घर बाहिर नसिक्नि आग्रह गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयले यस पटकका चाडपर्व एकाह घरका परिवारवीच रमाइलो गरेर मनाउन आग्रह गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.