३३८ थप काेराेना भाइरसका सङ्क्रमित, कुल २३ हजार ३१०, ४ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

३३८ थप काेराेना भाइरसका सङ्क्रमित, कुल २३ हजार ३१०, ४ जनाको मृत्यु

काठमाडौँ, २६ साउन : कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लाे २४ घण्टामा आठ हजार चार सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ ।

रेड जाेनमा थप एकजना बारा जिल्लाका परेकाे छ । कुल रेड जाेनमा ५५४ जना रहेका छन् । स्वःमूल्याकंन गरेका ६२ हजार २२५ रहेका छन् ।

६ हजार सात सय ३८ जना अहिले देशका विभन्न ठाउँका आइसोलेशनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा छन् ।

यस्तै गएको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या जना पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.