सोमबार काठमाडौँ उपत्यकामा ४४ जना कोरोना संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

सोमबार काठमाडौँ उपत्यकामा ४४ जना कोरोना संक्रमित

काठमाडौँ, २६ साउन : काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि  गर्नुभएकाे हाे ।

भक्तपुरका ४ जना, काठमाडौँका ३६ जना र ललितपुरका ४ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। 

नेपालमा पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा ११० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ। हालसम्म ७६ जनाको कोरोना ले मृत्यु भएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.