काठमाडौँ, २२ साउन : संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली जानुभएकाे थियाे ।
यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुनुहुन्छ । यादवमा कोरोना पुष्टि भएपछि उहाँसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि उहाँसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।

No comments:
Post a Comment