सुरुङ्गा, २२ साउन : पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।
नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्ला कोरोनामुक्त छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमित नरहेकाे मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

No comments:
Post a Comment