सुरुङ्गा, ६ भदौ : आज झापामा मात्रै १७ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा झापामा थप १७ जनामा काेराेना सङ्क्रमित पुष्टि भएको हाे ।
नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६ सय ३४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । याेसँगै कुल सङ्क्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गाैतमले बताउनुभयाे । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेन्टीनमा छन् ।

No comments:
Post a Comment