काठमाडाैँ, ६ भदौ : नेपालमा गएको २४ घण्टामा कोरोनाका कारण ९ जनाको ज्यान गएको छ ।
सुनसरीमा दुई जनाकाे मृत्यु भएकाे छ । सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा तीन जनाको ज्यान गएको छ । पर्सामा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुषको ज्यान गएको छ ।
त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका पुरुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ । योसँगै नेपालमा अहिलेसम्म १४६ जनाको ज्यान गएको छ ।

No comments:
Post a Comment