कैलालीमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Friday, 7 August 2020

कैलालीमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढी, २३ साउन : कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार नौ महिलासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४४९ नमूना जाँच गर्दा १७ जनामा कोरोना लागेको पुष्टि भएको हो । सङ्क्रमित पुष्टि हुनेमा सबैभन्दा बढी कैलालीका रहेका छन् ।

सेती प्रादेशिक कार्यालयका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार टीकापुर नगरपालिकामा पाँच महिलासहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, गोदावरी नगरपालिका–११ मा तीन, धनगढी उपमहानगरपालिका–१२ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एक/एक जनामा कोरोना भाइरस लागेको जनाइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.