सुरुङ्गा, १ भदाै : प्रदेश १ मा आइतबार थप १०३ जनामा संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा आइतबार ३४ महिला र ६९ जना पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा दुई, इलाममा एक र प्रदेश १ बाहिरका दुईजना गरेर जम्मा एक सय तीनजना संक्रमित थपिएका हुन् ।
यस्तै मोरङको विराटनगर महानगरपालिकामा आइतबार ३२ महिला र ५४ जना पुरुष संक्रमित थपिएका छन् ।
उता बुढीगंगा गाउँपालिकामा तीन, धनपालथान गाउँपालिकामा दुई र कटहरी गाउँपालिकामा एकजना पुरुष संक्रमित थपिएका छन् ।
यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिकामा एक पुरुष, दुहवी नगरपालिकामा एक महिला, इलामको देउमाई नगरपालिकामा एक पुरुष संक्रमित थपिएका छन् ।
प्रदेश १ बाहिरका बाराका एक पुरुष र सिराहाकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आइतबारसम्ममा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।

No comments:
Post a Comment