सुरुङ्गा, १ भदाै : पछिल्लाे विवरण अनुसार हाल ९ जिल्ला रेडजाेनमा छन् । सरकारी संक्रमित संख्या अनुसार ९ जिल्ला रेडजाेनमा रहेका हुन् । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् ।
काठमाडौंमा एक हजार चार सय २९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् । सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ ।
हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

No comments:
Post a Comment