सर्लाही, ४ भदौ : सर्लाहीमा एकै दिन थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहीबार) एकै दिन २४ जना नयाँ कोरोना सङ्क्रमितहरू थपिएका हुन्।
२ सय ३८ जनाको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएकोमा २ सय २९ जनाको कोरोना परीक्षण गरी प्रयोगशालाले रिपोर्ट पठाउँदा २४ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको लालबन्दी नगरपालिकाले जनाएको छ । थपिएको २४ जना कोरोना सङ्क्रमितहरू समुदाय स्तरकै रहेको नगरपालिकाले जनाएको छ ।
थपिएको २४ जना कोरोना सङ्क्रमितहरू मध्ये १ जना हरिपुर नगरपालिका, र बाँकी २३ जना लालबन्दी नगरपालिकाको रहेको छ । हरिपुर नगरपालिकाको स्थानीयले लालबन्दीबाट नै थ्रोट स्वाब सङ्कलन गराएकोले रिपोर्ट लालबन्दीकै भनेर आएको लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
लालबन्दीका २३ जना कोरोना सङ्क्रमितहरू मध्ये १ जना बैङ्कका कर्मचारी, १ जना नगरपालिकाको कार्यालय सहयोगी लगायत अधिकांश सङ्क्रमितहरू व्यापारी तथा स्थानीयहरू रहेको स्वास्थ्य शाखा सह–संयोजक खतिवडाले जानकारी दिनुभयाे ।
९ जनाको रिपोर्ट भने अझै आउन बाँकी रहेको छ ।

No comments:
Post a Comment