भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

भारतमा कोरोनाबाट मृत्यु भएकाको संख्या ५० हजार नजिक

नयाँदिल्ली, ३२ साउन : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या ५० हजार नजिक पुगेको छ । 

सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या ४९ हजार ९८० पुगेको छ । 

पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ । 

भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरु थपिदै आएका छन् । 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना सङ्क्रमित भएका हुन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २५ लाख ८९ हजार ६८२ रहेको छ । ती मध्ये छ लाख ७७ हजार ४४४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २५८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 

कुल सङ्क्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.