कोभिड–१९ ले धरासायी बनाएकाे एक व्यवसाय हाे पर्यटन - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

कोभिड–१९ ले धरासायी बनाएकाे एक व्यवसाय हाे पर्यटन

पुष्कर पाेख्रेल
गत डिसेम्बरदेखि चीनको वुहानबाट शुरु भएको कोभिड–१९ ले विश्वभर महामारीको रुप लिइरहेकाे छ । झन्डै ७ लाख मानिसको ज्यान गयो । दुइ करोड भन्दा बढी संक्रमीत भएका छन् । विश्वभर लगभग २१७ देशमा छोएको छ कोभीड १९ ले जुन मुलुकहरु प्रत्यक्ष रुपमा प्रभावित छन् ।

यसबाट नेपाल अछुतो रहने कुरै भएन । यसले नेपालमा पनि हाल सम्म १ सय ४ जनाले ज्यान गुमाइसकेका छन् भने २६ हजार भन्दा बढी संक्रमित छन् । सरकारले करीब ४ महिना लकडाउन गरेर हाल स्थानीय तहकाे अवस्था मूल्या‌ंकन गरी लकडाउनकाे अधिकार स्थानीय तहले प्रयाेग गर्दै आाएका छन् । तर यता काेराेना संक्रमणकाे दर दैनिक बढिरहेकाे छ भने मृतक संख्या पनि बढिरहेकाे छ । पछिल्लाे साता देशका धेरै स्थानीय तहले एक सातादेखि दुइ सातासम्म लकडाउन गरेका छन् ।

लामाे समय भएकाे बन्दाबन्दी र काेराेना जाेखिमका कारण भदाै १५ गतेसम्म अन्तराष्ट्रिय हवाइ उडान बन्द छ भने याे अवधि अझै बढ्ने  प्राय निश्चित छ । कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूणर्रुपमा बन्द रहेको पाइएको छ । यसरी अधिकांश उद्योग/व्यवसायहरु पूणर्रुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ । शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ । 

सबै क्षेत्रमा धेरै वा थाेरै असर गरेकाे भएपनि विदेशी पर्यटककाे भरमा चलेकाे नेपालकाे पर्यटन व्यवसाय जसमा आन्तरिक पर्यटककाे याेगदान निक्कै कम रहेकाे छ, काेराेनाले यस क्षेत्रका नवप्रवेशीलाई धेरै गाह्राे अवस्था सिर्जना गरेकाे छ । पर्यटकलाई मुख्य ग्राहक मानेर सञ्चालन भएका अधिका‌ंश व्यवसाय अहिले ठप्प जस्तै भएकाे छ । त्यसमाथि पछिल्लाे  दिनमा काेराेना जाेखिम बढेसँगै स्थानीय तहले गरेकाे पुन लकडाउनले पर्यटकीय क्षेत्रका धेरैले व्यवसाय छाेड्न थालेकाे देखिन्छ । काठमाडाैँ, पाेखरा, चितवन लगायतका पर्यटकीय क्षेत्रकाे समस्या उस्तै छ ।

पर्यटककाे नेपाल आवगमनसँगैकाे पहिलाे राेजाइ र बसाइकाे क्षेत्र ठमेल पाँच महिना यता सुनसान प्राय छ । दिउँसाेकाे समयमा फाटफुट मानिसहरु हिँडेकाे देखिए पनि रातभर खुल्ने ठमेल साँझ नपर्दै सुनसान र अत्यासलाग्दाे देखिन्छ ।

विदेशी पर्यटककाे भरमा चलेका ठमेलका अधिका‌ंश व्यवसाय ठप्प भएपछि व्यवसायीहरु पलायन हुन थालेका छन् । कतिपय व्यवसायी र व्यापारीले व्यापार–व्यवसाय गर्न नसकेकाे अवस्थाकाे घरभाडा पूर्ण तिर्नुपरेपछि व्यवसाय नै बन्द गर्न बाध्य भए । केही घरधनीले घरभाडामा छुट दिएपछि पर्यटककाे आवगमनकाे प्रतिक्षामा बसेका छन् ।

ठमेलमै लामो समयदेखि ब्राइट फयुचर ह्यान्डिक्राफ्ट सञ्चालन गर्दै आउनु भएका रवि धितालकाे १८ वर्षकाे व्यवसायीक अनुभवमा यस्ताे स‌ंकट कहिल्यै आएन । उहाँ भन्नुहुन्छ, "अहिले सबै क्षेत्र तहसनहस भएकाले आफुले जाने गरेको काम छोडेर अरु काम गर्ने अवस्था नभएकाले पसल छोडेको छैन । तर अहिलेजस्ताे दयनीय अवस्था कहिले भाेग्नु परेकाे थिएन । अब त काेराेना जाेखिम हटेपनि पर्यटक आवगमन सुरुभएपछि सामान्य अवस्थामा आउन १ वर्ष बढी लाग्न सक्छ ।"

उहाँलाई घरधनीले १ महिनाकाे पुरै भाडा छुट दिएकाे  र  १ वर्षसम्म ५० प्रतिशत छुट दिएकाे सुनाउनुभयाे ।  विदेशी पर्यटककाे आवगमन जतिछिटाे हुन्छ त्यति सहज बन्ने नत्र यस क्षेत्रबाट पलायन हुनुकाे विकल्प नहुने उहाँकाे भनाइ छ ।  उहाँकै केही साथीले भाडा तिर्न नसकेर व्यवसाय छाेडेर बसेकाे पनि बताउनुभयाे । धेरै व्यवसायी अब कसरी अहिलेकाे अवस्थाबाट मुक्ति पाउने भन्ने कुराले चिन्तित रहेका छन् ।

यस्तै ठमेलमा कार्गो व्यवसाय गर्दै आउनु भएका इगल आइज एक्सर्पोटका सञ्चालक कृष्ण ढकालले सामानहरु एक्सर्पोट गर्दै आउनु भएको थियो । उहाँ लकडाउन र अन्तराष्ट्रिय उडान बन्द भएसँगै चिन्तित बनाएकाे बताउनुहुन्छ । उहाँले भन्नुभयाे, "कोभिड १९ को कारणले सबै अन्तरराष्ट्रिय उडानहरु बन्द भएसँगै काम कोले काम ठप्प भएको छ । अब कहिले पहिलाकाे अवस्था आउने हाे । याे अवधिकाे क्षति कसरी व्यस्थापन गर्ने भन्ने विषयले चिन्तित बनाएकाे छ ।"

कतिपय व्यापारीहरुले लकडाउन कै कारणले भाडा तीर्न कठिन भएकोले व्यापार नै छोडेर हिड्न बाध्य भए । कतिले भने भाडामा छुट दिएकोले पसल कुरेरै बसेको बताउँछन् । अहिले व्यापार नभए पनि पछि वातावरण सहज भए पछि हुने आशामा बसेको बताउँने व्यापारीहरु अहिलेको अवस्थामा खर्च धान्नै गारो भएकाे दुखेसाे सुनाउँछन्। 

ठमेल क्षेत्रमा नै गेस्ट हाउस सञ्चालन गर्दै आउनुभएका व्यवसायीकाे दुखेसाे पनि कम छैन । उहाँले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयाे, "हाेटल व्यावसायमा हात हालेकाे धेरै भएकाे छैन । हाेटलमा लगानी गरेकाे ६ महिनामा नै लकडाउन भएपछि कसरी घरभाडा तिर्ने समस्या भएकाे छ । भएकाे सबै रकम गेस्ट हाउसमा लगानी गरें अब अरु उपाय केही छैन ।  व्यवसाय छाेड्न नि नसक्ने अवस्था छ ।" उहाँ जस्ता पर्यटन क्षेत्रमा भरखर प्रवेश गरेकाहरुकाे अवस्था दयनीय बनेकाे छ ।

ठमेलमा मात्र हाेइन यस्तै समस्या पाेखरा, चितवन, धरानका व्यवसायीकाे पनि रहेकाे छ । सबै पर्यटकीय स्थलहरु थला परेका छन् । कतिपय होटलहरु बन्द भइसके । कर्मचारीहरुलाई बेतलबी बिदामा राखिएकाे छ । हजारौँ श्रमिकहरु बरोजगार भएका छन् । कोरानाको कारणले गर्दा पर्यटन क्षेत्रमा नराम्रो असर गरेको छ । सबै पर्यटकीय स्थलहरु सुनसान छन् । 

जसले गर्दा हरेक क्षेत्रमा असर त गर्छ नै तर पनि अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्र अलि बढी असर गरेको छ । काठमाण्डौं मुटु मानिने ठमेल पर्यटकीय नगरि क्षेत्र हो । जहाँ नेपाल घुम्न आउने पर्यटक ठमेल घुम्न आउने गर्छन् । त्यही क्षेत्र अहीले सुनसान छ । कतीपय ब्यापारीहरुले लकडाउन कै कारणले भाडा तीर्न कठिन भएकोले ब्यापार नै छोडेर हिड्न बाध्य भए । कतीले भने भाडामा छुटँ दिएकोले पसल कुरेरै बसेको बताउछन् । अहीले ब्यापार नभए पनि पछी बातावरण सहज भए पछी हुने आशमा बसेको बताउछन् ब्यापारीहरु अहिलेको अवस्थामा खर्च धान्नै गारो हुने बताउछन् । 

ठमेल मात्र हैन सबै पर्यटकीय स्थलहरु थला परेका छन् । कतिपय होटलहरु बन्द भइसके । कर्मचारीहरुलाई बेतलवि बिदा दीइयो । हजारौ श्रमीकहरु बरोजगार भएका छन् । यो वीचमा व्यवसाय बन्द रहेकोले खर्च धान्न कठिन भएको भन्दै धेरैले ऋणमा चल्नु परेको बताएका छन् । कतिपय व्यवसायीहरु भाडा तिर्न कठिन भएर पसल छोडेर सामानहरु घरमा थन्काएर बसेका छन् । केही व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । 

विदेशी पर्यटकको भरमा मात्र व्यवसाय गरेर बसेकाहरु अन्तराष्ट्रिय उडानकाे मुख्य मारमा परेका छन् । ठमेलमा मात्रै लगभग २५ सय यस्ता व्यवसाय छन् । प्राय व्यवसायी विदेशी आउने अवस्था नभएकाले व्यवसाय बन्द गरेर बसेपनि उनीहरुकाे चिन्ता सामान्य अवस्थासम्म कसरी धान्ने र पछि कसरी व्यवसाय गर्ने भन्ने रहेकाे छ ।  होटल रेष्टुरेन्टहरु पनि लकडाउन भएसँगै बन्द भइसकेका थिए ।

यो बीचमा व्यावसाय बन्द रहेकोले खर्च धान्न कठिन भएको भन्दै ऋणमा चलिरहेका छन् । कतिपय व्यवसायीहरु भाडा तिर्न कठिन भएकोले पसल छोडेर सामानहरु घरमा थन्काएर बसेका छन् । कतिपय व्यवसायी पर्ख र हेरको अवस्थामा रहेका छन् ।  अहिलेकाे अवस्थामा सहज वातावरण बनाउन सरकारलाई केही राहत उपलब्ध गराउन आग्रह गर्दै पर्यटनसँग आवद्ध संघ संस्थाले नेतृत्व गरिरहे पनि खास उपलब्धी नभएकाे व्यवसायीकाे गुनासाे छ । व्यवसायीहरुले ब्याजदरमा सहुलियत, लचिलो किस्ता (ब्याज र साँवा) भुक्तानी सुविधा, आयकरमा सहुलियत, चालु पूँजीका निम्ति थप ऋण सुविधा र ऋणको भाका सार्ने सुविधा माग गरेका छन्।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.