जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 10 August 2020

जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि

सुरुङ्गा, २६ साउन : जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षकको सम्पर्क पहिचानमा गर्ने क्रममा कोशी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्दा न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार न्यायधीशसहित चार जनाको स्वाब सङ्कलन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकमा सङ्क्रमण पुष्टि भएपछि उहाँको सम्पर्कका आधारमा अदालतका चार जनाको स्वाब सङ्कलन गरिएको हो । न्यायधीशमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनको लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अदालत पूर्ण रूपमा बन्द गरी स्यानिटाइज गरिनेछ र सेवाग्राहीका लागि सुरक्षित स्थल बनाएपछि मात्रै अदालतको काम सुचारु हुने भएको छ । नियमित मुद्दाका सुनुवाई स्थगितसमेत भएका छन् । जिल्ला अदालत मोरङमा १२० कर्मचारी ४० जना कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.