महानगरीय प्रहरी कार्यालयका एक जनामा कोरोना संक्रमण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

महानगरीय प्रहरी कार्यालयका एक जनामा कोरोना संक्रमण

काठमाडौं, २५ साउन : महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एकजना प्रहरी कार्यालय सहयोगीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमित प्रहरी रानिपोखरीमा कपाल काट्ने (हजाम)को रुपमा कार्यरत छन् । उनलाई कीर्तिपुर अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

संक्रमितले कपाल काटेका करिब १ सय जना प्रहरी कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।उपत्यकाको तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको शान्तिसुरक्षा हेर्ने जिम्मा पाएको महानगरीय प्रहरी कार्यालयमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

यसअघि महानगरीय अपराध महाशाखा, ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरीमा संक्रमण देखिएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.