प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सुरुङ्गा, २५ साउन : प्रदेश १ मा आइतबार  थप ४० जनामा कोरोना संक्रमण पुष्टि  भएकाे छ । नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका २९, सुनसरीका ६ र झापाका ५ जना रहेका छन् । प्रदेश १ मा आइतबार एक हजार एक सय आठजनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या एक हजार चार सय २३ पुगेको छ । प्रदेशभर हालसम्म ५३ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयाे । 

प्रदेश १ मा आइतबार पाँचजना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका तीन, उदयपुर र सुनसरीका एक/एक जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.