विराटनगर, २२ साउन : कोरोना भाइरसको संक्रमणकाे जाेखिम बढेसँगै मोरङका लकडाउन हुने स्थानीय तह नौ पुगेकाे छ । संक्रमणको अवस्था विश्लेषण गरेर आवश्यक कदम चाल्न सक्ने निर्णय प्रदेश १ सरकारले गरेपछि नाै स्थानीय तहले लकडाउन गरेका हुन् ।
गत साउन १६ गते विराटनगर महानगरपालिकाले संक्रमण बढेको भन्दै पहिलो पटक लकडाउन गरेको थियो । विराटनगर महानगरसहित रंगेली, रतुवामाई, धनपालथान, सुनवर्षी, सुन्दरहरैँचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् ।
जहदा, कटहरी, ग्रामथान, मिक्लाजुङ, केराबारी, बूढीगंगा गाउँपालिका र उर्लाबारी, लेटाङ नगरपालिकामा 'लकडाउन' गरिएको छैन । 'लकडाउन ' नगरिएका स्थानीय तहमा 'लकडाउन ' गरिएका तहमा जस्तो भाइरसको संक्रमण छैन ।
लकडाउन खुलेको दुई सातामै मोरङमा दुई सय १९ जना संक्रमित थपिएका छन् । मोरङमा बिहीबारसम्म संक्रमितको संख्या चार सय ३० पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयाे ।

No comments:
Post a Comment