संवैधानिक निकायका प्रमुखलाई कोरोना - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

संवैधानिक निकायका प्रमुखलाई कोरोना

काठमाडौँ, २७ साउन : एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उहाँमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा कोरोना संक्रमण देखिएको हो ।  उहाँसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । साे संवैधानिक निकाय उहाँसहित अन्य ४१ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

उहाँ हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुनुहुन्छ । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.