भारतबाट आउनेलाई १० वटा प्रवेश विन्दु तोकियो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 11 August 2020

भारतबाट आउनेलाई १० वटा प्रवेश विन्दु तोकियो

काठमाडौँ, २७ साउन : सरकारले भारतबाट स्वेदश फर्कने नेपालीहरुका लागि विभिन्‍न १० वटा नाकाहरुलाई प्रवेश विन्दु तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प्रवेश विन्दु तोकिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयाे ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तोकेको प्रवेश विन्दुहरुमा झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गैरीफान्टा र कञ्‍चनपुरको गड्डाचौकी छन् ।

सरकारले तोकिएका प्रस्थानविन्दु बाहेकका नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरुलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.