नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ, ६ भदौ : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६ सय ३४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेको मन्त्रलायले जनाएको छ । 

आज काठमाडौँ उपत्यकामा मात्रै २१६ जना सङ्क्रमित थपिएका छन् । नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेशवर गौतमले काठमाडौँमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना सङ्क्रमित थपिएका जानकारी दिनुभयो ।

यस्तै गएको २४ घण्टामा १३६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

आज १२ हजार ५ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण भएको पनि गाैतमले बताउनुभयाे । यस्तै अहिले देशभर ११ हजार ६ सय ५८ जना क्वरेन्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.