बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

रुपन्देही, ६ भदौ : गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

सङ्क्रमित महिलालाई गएराति एक्कासी पेट दुखेपछि नेपालगञ्जस्थित आइसोलेशनबाट अस्पताल लगिएको थियो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीमा कोरोना सङ्क्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना नलिएपछि कोहलपुर लगिएको थियो । मेडिकल कलेजका चिकित्सकले उहाँको तत्काल शल्यक्रिया गर्न आवश्यक नरहेको भनी आइसोलेशनमा राखेर निगरानी गरिरहेका थिए । 

बिहान करीब ९ः३० बजे शल्यक्रियाबाट छोरी निकालीएको हो । शिशुको तौल साढे २ केजी रहेको र स्वास्थ्यावस्था ठीक रहेको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । “अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । भोलि कोरोना परीक्षण गर्छौँ त्यसपछि मात्रै बच्चामा कोरोना भइरस सङ्क्रमण भए नभएको थाहा हुन्छ”, उहाँले भन्नुभयो । उहाँकाअनुसार यो सँगै मेडिकल कलेजमा सङ्क्रमित गर्भवतीको चौथो पटक शल्यक्रिया गरिएको हो । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.