पर्सा, ६ भदौ : कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सामा थप दुई जनाको मृत्यु भएकाे छ । वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाे हो ।
५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उहाँको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो ।

No comments:
Post a Comment