पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

काठमाडौँ, ६ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

बिहीबार गरिएको परीक्षणको शुक्रबार प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो ।

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा राखी उपचार भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.