गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

गण्डकी प्रदेशमा २४ जना थप सङ्क्रमित

पोखरा, ६ भदौ : गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्की १६ नवलपुरमा तीन, तनहुँ दुई, स्याङजाका दुई र बागलुङका एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८६८ पुगेको छ । 

डा शर्माका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म एकहजार ५९२ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशका नौ जिल्लाका अस्पतालका आइसोलेशनमा २६९ जना रहेका छन् । हाल आइसोलेशनमा सक्रिय रहेका २४७ केश छन् । क्वारेन्टिनमा एक हजार ८४ जना रहेका छन् । त्यसैगरी भारतबाट १२ हजार ९१५ र तेस्रो मुलुकबाट ६ हजार १९८ गरी जम्मा १९ हजार ११३ प्रदेश भित्रिएको तथ्याङ्क छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.