बगेर बालिकाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

बगेर बालिकाको मृत्यु

चितवन, ६ भदौ  : राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् । 

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिनुभयो । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उहाँले बताउनुभयो ।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.