कोरोना सङ्क्रमणका कारण एककाे मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Friday, 21 August 2020

कोरोना सङ्क्रमणका कारण एककाे मृत्यु

झिमरुक, ५ भदौ : प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो । 

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँ मधुमेह र र रक्तचापका बिरामी हुनुहुन्थ्यो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.