काठमाडौं, २१ साउन : कोरोना भाइरसका ३८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले साे कुरा जनाउनुभएकाे हाे ।
यस्तै गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ ।
साथै पछिल्लाे २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण भएको छ ।

No comments:
Post a Comment