ललितपुर, २१ साउन : ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।
बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का उपत्यकाको विभिन्न स्थानमा महसुस गरिएको थियो । सानो म्याग्नीच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रकी प्रमुख मोनिका झाले बताउनुभयाे ।
मङ्गलबार राति ११.४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

No comments:
Post a Comment