चितवन, ३२ साउन : भरतपुर अस्पतालका तीनजना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित सो अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका अन्य एकजना चिकित्सकमा पनि संक्रमण भेटिएको छ ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएर शनिबार मध्यराति नतिजा आएका ४४६ नमुनामध्ये कुल २८ जनामा संक्रमण भेटिएको थियो ।

No comments:
Post a Comment