पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Sunday, 16 August 2020

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, ३२ साउन : पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शनिबार साँझ आएको परीक्षण रिपोर्टअनुसार पर्साका ४५ र बाराका २ जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार साँझ संक्रमण पुष्टि हुनेमा ८ वर्षदेखि ७० वर्ष उमेर समुहका ३७ जना पुरुष र १० जना महिला गरी ४७ जना रहेका छन् ।

थपिएका संक्रमितहरुमा वीरगञ्ज महानगरका बिभिन्न वडाका १३ जना, नारायणी अस्पतालका ७ जना, प्राईम फर्मा उद्योगका ६ जना, नारायणी अस्पतालको आइृसियूमा उपचाररत १ पुरुष र १ महिला गरी २ जना, एक जना पत्रकार, वयोधा अस्पतालका तीन जना कर्मचारी, पर्सा कै पोखरिया नगरपालिकाका बिभिन्न वडाका १२ जना, पर्सा कै बहुदरमाइ नगरपालिकाका १ जना पुरुष रहेका छन् । 

त्यस्तैगरी संक्रमण पुष्टि भएका अन्यमा बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष गरी २ जना रहनु भएको छ ।

शनिबार थपिएका ४५ जना संक्रमितसँगै पर्सामा संक्रमितको संख्या एक हजार २३४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.