पछिल्लाे चौबीस घण्टामा थप ५८१ सङ्क्रमित, कुल २७, २४१ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

पछिल्लाे चौबीस घण्टामा थप ५८१ सङ्क्रमित, कुल २७, २४१ पुग्याे

काठमाडौँ, १  भदाै : कोरोना भाइरसका ५८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा पीसीआर परीक्षण गरिएकोमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार ६३९ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिनुभयाे । क्वारेन्टिनमा १५ हजार १५८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै काठमाडाैँ उपत्यकामा १६८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडाैँमा एक सय ३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै काठमाडाैँमा उपत्यकामा सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ३५ पुगेको छ ।

केही दिनदेखि काठमाण्डौ पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकाे जिल्लाको सूचीमा छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.