झडप नियन्त्रण गर्न बारामा १९ राउण्ड हवाई फायर - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

झडप नियन्त्रण गर्न बारामा १९ राउण्ड हवाई फायर

बारा, १ भदौ : माछा मार्ने क्रममा भएको झडप नियन्त्रण गर्न १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ ।

बाराको आर्दशकोतवाल गाउँपालिका वडा नम्बर–६ पर्टेवा र सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ भगवानपुरटोल बीचमा रहेका कुलोमा दुवै टोलका स्थानीयबीच भनाभन हुँदा भएको झडपपछि करिब पाँच जना घाइते भएका थिए ।

झडपको सूचना गाउँमै गएपछि दुवै टोलका एक हजारभन्दा बढीको सङ्ख्यामा आएका स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले १३ राउण्ड हवाई फायर तथा छ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीलाई थप मद्दतको लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षकसहित गएको प्रहरी टोलीले हवाई फायर गरी हुल तितरबितर बनाएकाेले अहिले त्यहाँको अवस्था सामान्य रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।

घाइते भएकाहरूको यकिन विवरण आउन बाँकी रहेको तथा उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.