राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 August 2020

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ

काठमाडौँ, ३ भदौ : युट्युवमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संम्लग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुशन्धान व्यूरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संम्लग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुशन्धान व्यूरो स्रोतले जनाएको छ ।

गीत सार्वजनिक गरेपछि काठमाडौंको स्वयम्भुमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सीबीअाइकाे टेलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पा सहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाशं काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संम्लग्न छ जनालाइ सीबीअाइ र दुइ जना महानगरी अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.