गोङ्गबुमा सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव फेला - pharaksandesh.com

मुख्य समाचार


Sunday, 9 August 2020

गोङ्गबुमा सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव फेला

काठमाडौँ, २५ साउन : काठमाडौँको गोङ्गबुमा सुटकेशमा टाउको र खुट्टा अलग गरिएको शव फेला परेको छ । 

गोङ्गबु चोकको गणेश मन्दिरबाट बानियाँटार जाने बाटोतर्फ दुई सय मिटरको दूरीमा कालो सुटकेशमा टाउको र खुट्टा नभएका शव फेला परेको र सोही स्थानभन्दा करिब तीन सय मिटरको दूरीमा रहेको फोहाेर फाल्ने खोल्सामा टाउको र दुई वटा खुट्टा राखेको झोला फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी दीपक थापाले बताउनुभयो ।

स्थानीय धीरेन्द्र चौधरीले सुटकेश देखेको र त्यसबाट गन्धसमेत आएकाले शङ्का लागेर प्रहरीलाई खबर गर्नुभएको थियो । शव हेर्दा अन्दाजी ४४ वर्षीय पुरुषको हुनसक्ने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.