सुरुङ्गा, २७ साउन : झापामा एक बिरामीको अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको छ । कनकाई नगरपालिका–५ का १७ वर्षीय रोशन सुनारको यहाँका विभिन्न अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो ।
केही दिन अघि फुटबल खेल्ने क्रममा बलले छातीमा लागेर घाइते भएका रोशनलाई स्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । विर्तामोडका विभिन्न अस्पताल लगिएको तर भेन्टिलेटरको सुविधा भएको कुनैपनि निजी अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको बुवा ताराकुमार सुनारले दाबी गर्नुभयाे ।
मृतकका बुवाका अनुसार विर्तामोडको विर्ता सिटी अस्पताल र विर्तामोडकै कनकाई अस्पतालले कोरोना परीक्षणको पीसीआर रिपोर्ट भए मात्रै उपचार गर्ने भन्दै पीसीआर रिपोर्ट नभएका कारण उपचार नगरी बिरामीलाई गेटबाटै फर्काइदिएकाे थियाे ।
मंगलबार बिहान करिब २ बजेतिर बिरामी लिएर अभिभावक भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पुगे । मेचीले उपचार सुरु त गर्यो । तर, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको भन्दै उनलाई तत्काल भ्यान्टिलेटरमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले जानकारी दिँदै त्यस्तो सुविधा भएको अस्पतालमा लैजान सुझाव दिएका थिए ।
भेन्टिलेटर नभएकै कारणले गर्दा मेची प्रादेशिक अस्पतालले उनलाई नजिकैको ओम साई पाथिभरा अस्पतालमा रेफर गरेको थियो । उक्त अस्पतालले समेत कोरोना लागेको आशंका गर्दै सुनारको उपचार गर्न नमानेपछिअभिभावकले पुन: सुनारलाई मेची अस्पताल नै लगे ।
अन्तत: इमरजेन्सी कक्षमा उपचार हुँदै गर्दा उनको निधन भयो । मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलका अनुसार मृतकको पीसीआर टेष्ट हुँदा कोरोना निगेटिभ रिपोर्ट आएकाे छ।

No comments:
Post a Comment